काठमाडौं । कान्तिपुर पब्लिकेशनका मालिक कैलास सिरोहियाले सञ्चारमाध्यमको ठाडो दुरुपयोग गरी सार्वजनिक बाटो कब्जा गरेर बनाएको पर्खाल अन्ततः प्रहरीले भत्काइदिएको छ ।

स्थानीयको उजुरी र दबावपछि प्रहरीले आइतबार साँझ कान्तिपुर पब्लिकेशनको तिनकुनेस्थित भवनको पर्खाल भत्काइदिएको हो । पर्खाल भत्काइदिएपछि रिसले आगो बनेका सिरोहियाले प्रहरीविरुत जथाभावी अभिव्यक्ति दिएका थिए ।
त्यस क्रममा कान्तिपुर पब्लिकेशन र सिरोहियाको दादागिरिविरुद्ध नारावाजी समेत स्थानीयले लगाएका थिए । पर्खाल भत्काएपछि स्थानीय खुसी भएका छन् ।

सिरोहियाले आफ्ना सञ्चारमाध्यम कान्तिपुर दैनिक, टेलिभिजन र कान्तिपुर एफएमको आडमा सार्वजनिक बाटोको जग्गा मिचेर अग्लो पर्खाल बनाएका थिए । पर्खालका कारण सर्वसाधारणलाई हिँडडुल गर्न समस्या परेको थियो ।
वर्षौदेखि सिरोहियाले मिचेको सो बाटोलाई लिएर प्रहरी र स्थानीय प्रशासनमा पटक पटक उजुरी परेको थियो ।

तर पत्रिकामा समाचार लेखिदिने धम्की तथा उच्च राजनीतिक दबावमा सो पर्खाल भत्किन पाएको थिएन । स्थानीयले प्रहरीलाई दबाव दिएर भत्काउन भनेपछि स्काभेटरले आइतबार साँझ कान्तिपुर दैनिकको पर्खाल भत्काएको प्रत्यक्षदर्शीले बताए ।

Kantipur 1

Comments

comments