काठमाडौं । शुक्रबारदेखि रिलिज भएको चलचित्र प्रेमगीत तीन दिनमै करोड क्लबमा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ ।

पहिलो दिन शुक्रवार ५० प्रतिशत मात्र विजनेश होल्ड गरेको भए पनि शनिवार र आइतवार प्रेमगीतको विजनेशले रफ्तार समातेको हो । शुक्रबार र शनिबार मात्र ६९ लाख ग्रस कलेक्सन गरेको चलचित्र प्रेमगीतले आइतबार एकै दिन ५३ लाख उठाउदै करोड क्लवमा प्रवेश गरेको हो ।

आइतबार मात्र उपत्यकाबाट १८ लाख र मोफसलबाट ३५ लाख ग्रस कलेक्सन गरेको निर्माण पक्षको बिजनेश रिपोर्टमा उल्लेख छ । सन्तोष सेनको निर्माण एव सुर्दशन थापाको निर्देशन रहेको चलचित्र प्रेमगीतमा पूजा शर्मा र प्रदिप खड्काको अभिनय रहेको छ ।

गीत संगीत पनि यो चलचित्रको सबल पक्षको रुपमा रहेको छ ।

Comments

comments