मेलबर्न । नेकपा एमालेको प्रवासी मञ्च प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिको अध्यक्षमा कृष्णप्रसाद न्यौपाने सर्वसम्मतिमा चयन हुनुभएको छ ।

मञ्चको शनिवार सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । नयाँ कार्य समितिमा सुधा गुरागाईं रानाभाट उपाध्यक्ष, उत्तम अधिकारी सचिव, निर्मला शर्मा कोषाध्यक्ष र प्रभात पौडेल सहसचिव चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा अरुण श्रेष्ठ, गणेश गौतम, सीपी चापागाईं, अरुण लम्साल, सिर्जना रायमाझी, विष्णु ढुंगाना, विश्व ढुंगेल, विक्रम भट्टराई रहनुभएको छ ।

मेलबर्नमा सम्पन्न अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य डा. विजय सुब्बा हुनुहुन्थ्यो । यस्तै अतिथिका रुपमा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, ध्रुव सुवेदी, लगायतले सर्वसम्मतिले नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा बधाई तथा शुभकामना दिनुभएको थियो ।

यस्तै समाजसेवी बम योञ्जन, नेकपा एमालेका महाधिवेशन प्रतिनिधि रमेश पाण्डे, धर्मराज अधिकारी, राजन बस्नेत, प्रवासी नेपाली मञ्च न्यूसाउथवेल्सका संयोजक लक्ष्मण श्रेष्ठ, भिक्टोरियाका लागि प्रवासी नेपाली मञ्चका ईन्चार्ज राम रानाभाट लगायतले पनि मञ्चको भूमिकाबारे धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सिड्नीका चर्चित हाँस्य कलाकार भुपेन्द्र चुडालले मनोरञ्जनात्मक प्रस्तुति समेत रहेको थियो । कार्यक्रमको सभापतित्व मञ्चका निवर्तमान अध्यक्ष महेन्द्र कार्कीले गर्नुभएको थियो ।

Comments

comments