काठमाडौं । नेपालमा उत्पादित बस्त,प्रविधि तथा सेवाहरुको प्रर्वद्धन गर्ने उद्धेश्यले राजधानीको भृकुटीमण्डपमा २७ औ राष्ट्रिय औधोगिक प्रर्दशनी हुने भएको छ ।

मेड इन नेपाल गौरव गरौ र स्वदेशी बस्तु प्रयोग गरौ भन्ने नाराको साथ आयोजना गर्न लागिएको सो प्रर्दंशनीमा फागुन ४ गते देखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको हो ।

राजधानीको भृकुटीमण्डपमा नेपालमा उत्पादित बस्तुहरुको प्रचार प्रसार गर्ने र नेपाली उद्यमीहरुको सिप र प्रविधिलाई बिस्तार गर्ने उद्धेश्यले फागुन ४ गतेदेखि शुरु हुन लागेको प्रर्दशनीमा नेपाली बस्तुको प्रर्वद्धन गरिने आयोजकले जनाएको छ ।
२७ औ राष्ट्रिय औधोगिक प्रर्दशनीमा मेड इन नेपाल अर्थात नेपालमा बनेका बस्तुको गौरव गरौ र स्वदेशी बस्तुको प्रयोग गरौ भन्ने नाराको साथमा राष्ट्रिय औधोगिक बस्तु तथा प्रविधिको प्रर्दशनी तथा उत्कृष्ट लघु,घरेलु तथा सााना उद्यमीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

औधोगिक प्रर्दशनीमा पुर्वेली ढाका,वाँसाजन्य उत्पादन,अल्लो जस्ता प्राकृतिक रेशाबाट उत्पादित बस्तु, छालाका जुत्ता,हस्तकला,खाद्य बस्तु लगायतका लघुघरेलु तथा साना उद्योगका बस्तु, बैकल्पिक उर्जाको प्रयोग सम्बन्धी सामानहरु प्रर्दशनीमा राखिने भएको छ । प्रर्दशनीमा ७५ वटै जिल्लाहरुका उद्यमी तथा ब्यवसायीहरुको सहभागिता रहने भएको छ ।

Comments

comments