काठमाडौं । नेपाली फुटबल ईतिहासमा सोमबारको दिनले बिशेष महत्व राख्नेछ । महत्व यस अर्थमा भारतमा जारी १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण मानिएको पुरुष तथा महिला फुटबल तर्फ स्वर्ण पदकका लागि नेपालले एकै दिन भारत संग प्रतिष्पर्धा गर्दैछ ।

नेपाली फुटबलको ईतिहासमा पहिलो पटक पुरुष तथा महिला फुटबल टिमले एकै दिन स्वर्ण पदकका लागि आयोजक भारतसंग सोमबार प्रतिष्पर्धा गर्दैछन् ।

गुवाहटीमा पुरुष टिमले भारतीय पुरुष टिम संग प्रतिष्पर्धा गर्दा सिलोंगमा महिला टिमले पनि एकै दिन स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्नेछ । पुरुष फुटबल टिमले समुह चरणको खेलमा नेपालले भुटानलाई ५ ÷ ० ले पराजित गरेको थियो भने बंगलादेश संग २ ÷ १ गोलले हार ब्यहोरेता पनि समुह उप बिजेताको रुपमा सेमिफाईनलमा प्रबेश गरेको थियो । सेमिफाईनलमा मालदिभ्स संग ४÷३ गोलले चमत्कारीक जित हात पार्दै नेपाल स्वर्ण पदक नजिक पुगेको हो । नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य आयोजक टिम भारत भएकोले उनिहरुलाई सजिलै लिन नहुने तर नेपाली टोलीले मेहनत गरयौ भने जे पनि गर्न सक्छ भन्ने सेमिफाईनलले प्रमाणित गरिसकेको बताउनुभयो ।

भुटान र माल्द्धिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग श्रेष्ठको उत्कृष्ट लय मात्रै नभई गुवाहटीमा नेपाली भाषी दर्शकहरुको समेत साथ पाउदा नेपाली टोलीले भारतीय भुमिमा पनि गृह मैदानमै खेलेको महशुस गर्न सक्नेछन् । सेमिफाईनलको चमत्कारिक खेलमा जसरी खेलाडीले मेहनत गरे त्यही अनुरुपको खेल भारतसंगको खेलमा पनि पस्कनेमा टिम क्याप्टेन बिराज महर्जन दृढ छन् ।

उता राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा अपराजित रहदै नेपाली राष्ट्रिय महिला फुटबल टिमले पनि फाइनलमा स्वर्ण जित्ने लक्ष्य सहित सिलोंगमा उत्रदैछ । नेपाली चेलीहरुले लिग सम्म सबै राम्रो नतिजा निकालेको प्रशिक्षक धु्रब केसी बताउँनुहुन्छ ।

नेपाली टिमको लगातारको जीतपछि हौशला उच्च छ । महिला टिमले बंगलादेश संग ३–०,माल्द्धिभ्ससंग २–० भारत संग गोल रहीत बराबरी र समुह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४–०ले किनारा लगाउदै समुहमा शीर्ष स्थानमा रहदै फाईनलमा उभिएको हो । नेपाली महिला फुटबल टिमको अहिले सबै पक्ष सबल रहेको र भारतलाई समुह चरणमा गोलरहित बराबरीमा रोक्दा जस्तै गरी उत्कृष्ट खेल पस्केर आफुहरुले जित निकाल्ने क्याप्टेन अनु लामा बताउछिन् ।

नेपालले आईतबार सम्म अन्य खेलहरुबाट एक स्वर्ण पदक बाहेक जित्न सकेको छैन् । तर पनि नेपालको प्रदर्शनबाट निराशा बन्नु पर्ने अबस्था नरहेको र फुटबलबाट ऐतिहासिक स्वर्ण जित्दै नेपालीहरुलाई खुसी दिन तयार रहेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब एबं १२ औं दक्षिण एशियाली खेलका सेफ द मिशन केशबकुमार बिष्ट बताउनुहुन्छ ।

सन १९९३ मा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेको नेपाल सन १९९९ को सागमा फाइनलमा बंगलादेशसंग पराजित भएपछि दक्षिण एशियली खेलकुदमा नेपाली फुटबल टिम फाइनल प्रबेश गर्न सकेको छैन् ।

Comments

comments