विशेष । महिला अधिकारको वकालत र महिलामाथिको हिंसाको समाचारहरुले हिंस्रक पुरुषको अपराधिक मनोवृत्तिलाई उजागर गरिरहेका छन् । जहाँ महिला पीडित हुन्छन् र पुरुष पीडक । तर समाजमा पुरुषमाथिको हिंसा पनि भुसको आगो झैं सल्किरहेका छन् भन्दा आश्चर्य लाग्न सक्छ । नेपाली समाज विस्तारै पुरुषहरुप्रति अनुदार बन्दै गएको त होइन ? घरेलु हिंसामा पूरुष जति दोषी छन्, महिला पनि कम दोषी भने छैनन् ।

एउटी नारी जो कुनै पुरुषसँग गेष्ट हाउस या होटलहरुमा पुग्छे । विमतिमा त पक्कै होइन । तर त्यही सहमति केही समय पश्चात वलत्कार या महिला हिंसाका रुपमा प्रहरीकोमा आइपुग्छन्, जब महिलाको स्वार्थ पूरा हुन्छ । काठमाडौ प्रहरीमा महिला हिंसाका उजुरीहरुसँगै पुरुष हिंसाको पनि उजागर हुदै गएको हो । जीउ मास्ने वेच्ने, वलत्कार तथा घरेलु हिंसाका उजुरीहरुउपर प्रहरी अनुसन्धान शुरु भएसँगै पुरुषहरु स्वयम अन्यायमा परेको खुल्ने गरेको काठमाडौ प्रहरीका पूर्व प्रवक्ता एसपी विश्वराज पोखरेलको दावी छ ।

एसपी पोखरेलका अनुसार पुरुष हिंसाका दुई कारण छन् – अर्थ र यौन । हिंसाका प्रकृति भने भिन्न छन् । वैदेशिक रोजगारीमा गएका पुरुषहरु आफनै श्रीमतिवाट पीडित छन् । परपुरुषसँगको सम्वन्ध पत्ता लागेका श्रीमानहरु श्रीमतिलाई सम्झाउदा स्वयम् शिकार भैरहेका छन् । जुन महिलावाट घरेलु हिंसाका रुपमा प्रहरीमा जाहेरी पर्ने गर्छ ।

अक्सर पुरुषमाथिको हिंसाको रुपमा वलत्कार र जवर्जस्ती पर्दछन् । युवायुवतीहरुवीच सहमतिमा सवैखालका सम्वन्ध स्थापित हुन्छन् । तर दुईवीचमा वैमनस्यता या विमति उत्पन्न भए आफूलाई जर्वजस्ती गरेको उजुरी आउने प्रहरीको भनाई छ । जहाँ विस्तार हुदैै गएको लिभिङ टुगेदर संस्कार पनि एक पर्छ ।

नेपाली समाजमा सर्ट म्यारिजको विकास हुदै गएको छ । तर त्यही प्रचलन पुरुष हिंसाको कारण बन्दै गएको प्रहरी बताउँछ । सर्ट म्यारिजका लागि शहरमा गिरोह नै सक्रिय छन् । चल अचल सम्पतिका लागि हाइप्रोफाइल पुरुषहरुसँग विवाह गर्ने र सम्पत्ति हात परेपछि श्रीमान त्याग्ने प्रचलन बढदै जाँदा पुरुषहरु हिंसावाट प्रताडित हुनु परेको छ ।

पुरुषलाई अन्याय हुँदाहुँदै पनि यथोचित कानुन नहुँदा उजुरीकर्तालाई सम्वोधन हुने गरी अनुसन्धानलाई अगाडि बढाउनु पर्ने बताउँछन् प्रहरी । यसले लैंगिक खाडल निम्त्याउन सक्ने चेतावनी छ ।

Comments

comments