नयाँ दिल्ली । भारतले पाकिस्तानलाई एफ–१६ लडाकु विमान बेच्ने अमेरिकी निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै भनेका छन् ‘हामी पाकिस्तानलाई एफ–१६ लडाकु विमान बेच्नका लागि ओबामा प्रशासनको निर्णयबाट निराश छौ । उनले भने–भारत अमेरिकाको यो निर्णयप्रति सहमत छैन कि यसबाट चरमपन्थीविरुद्धको लडाईमा सहयोग प्राप्त हुनेछ। स्वरुपले भने–विगत कयौ वर्षका तथ्यले आफ्नो कथा आफै बयान गर्दछ । उनले भारतले अमेरिकी राजदूत रिचर्ड वर्मालाई आफ्नो असहमति व्यक्त गर्ने जनाएका छन् ।

पाकिस्तानले अमेरिकाबाट आठ वटा यस्ता विमान किन्न लागेको जनाएको छ। ७० करोड अमेरिकी डलर बराबरको यो सम्झौताअन्तर्गत पाकिस्तानलाई लकहिड मार्टिन समूहले बनाएको योृ पिवमानसहित राडार र बाँकी इक्विपमेन्ट पनि प्राप्त हुनेछ । यो विमान हरेक प्रकारको मौसममा आक्रमण गर्न सक्षम मानिन्छ ।

पाकिस्तानसँग हाल ७० भन्दा बढी एफ–१६ लडाकु विमान छ। पाकिस्तानसँग फ्रेन्च र चिनियाँ लडाकु विमान पनि छ।

Comments

comments