काठमाडौ । प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदल बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अगावै प्रदेशको सीमाका विषयमा अध्ययन गरेर सुझाव दिन राजनीतिक संयन्त्र बनाउने सहमति भएको छ ।

प्रमुख तीन दल एमाले, कांग्रेस र एमाओवादी तथा मधेसी मोर्चाको शुक्रवार बसेको बैठकले टीओआर सहित संयन्त्र बनाउने निर्णय गरेको हो । प्रदेशको सीमाङ्कनका असन्तुष्टि सम्बोधन गर्न सीमाङ्कन सम्बन्धी सुझाव दिन संयन्त्र गठन गर्ने सहमति यसअघि नै प्रमुख दल र मधेसी मोर्चाबीच भएको थियो । संयन्त्रलाई संसदबाट अनुमोदन गराउने र संयन्त्रले तीन महिना भित्र प्रतिवेदन दिनेमा पनि दुई पक्षवीच सहमति थियो ।

संयन्त्रको टीओआर बनाउन गृहकार्य गर्ने पनि कार्यदलले निर्णय गरेको छ ।

Comments

comments