मेलबर्न । अष्ट्रेलियामा फेरी अर्को एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सन् २००९ मा स विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए धादिङ जिल्ला घर भइ काठमान्डौ सानो भर्याङ बस्ने मिलन अधिकारीको विहीवार निधन भएको हो ।

३८ पार्क अभेन्यु बरउडमा अन्य ३ साथीहरुसँग बस्दै आएका मिलन अधिकारी सुतकै स्थानमा मृत अवस्थामा भेटिएका हुन् । गए राती करिब १ बजे तिर कोठामा बस्ने सबैजना खाना खाएर हासखेल गर्दै सुतेकामा बिहान ५ बजे काममा जानुपर्ने मान्छे ५ः३० सम्म पनि नउठेपछि अर्को रूममा बस्ने साथी उठाउन जाँदा शरीरमा कुनै हलचल नदेखिएपछि साथीहरुले एम्बुलेन्स बोलाएका थिए । केहिबेरमा विशेषज्ञ सहितको एम्बुलेन्स आएपनि उनीहरुले अधिकारीलाई मृत घोषित गरेका थिए ।
उनी परिवारको एक्लो छोरा हुन । अष्ट्रेलिया आएको ७ बर्ष भएपनि अझै विद्यार्थी भिषामा नै रहेका उनी अहिलेसम्म एकपटक पनि नेपाल नगएको दिदी अर्पना शर्माले बताइन् ।

अधिकारीको मृत्युको कारण खुल्न सकेको छैन । उनको मृत शरीरलाई पोस्ट्मार्टमको लागि लगिएको छ । परिवारले छोराको मुख हेर्ने मन गरेपछि उनको मृत शरीरलाई अन्तिम संस्कारको लागि नेपाल लैजाने तयारी भएको छ ।

यसका लागि उनको परिवार र आफन्तले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई सहयोगको लागि अनुरोध गरेका छन् । सहयोगको लागी स्वर्गीय अधिकारीकी दिदीको निम्न खातामा रकम जम्मा गर्न सकिनेछ:

Ac Name: Arpana Sharma kattel
Bsb: 062271
Ac: 10193399
(Commonwealth Bank)

यसैबीच धादिङ समाज अस्ट्रेलियाले पनि सम्पूर्ण मनकारीहरुलाई यो विपदमा सक्दो सहयोग गरिदिन अनुरोध गरेको छ । समाजाको तर्फबाट कोषाध्यक्ष राधिका बाँनियाले सोसियल मिडिया मार्फत निम्न खाता नम्बर सार्वजनिक गर्दै यसमा सक्दो सहयोग गरिदिन अपिल गरेकी छिन् ।

Ac Name: Radhika Baniya
BSB: 732088
Ac: 702739
(Westpac Bank)

Please follow and like us:

Comments