काठमाडौँ । एक भियतनामी युवतीको राहदानीमा अर्के व्यक्ति उडेपछि विमानस्थलका कर्मचारीले आलोचना खेपिरहेका बेला त्रिभुवन विमानस्थलबाट एक महिला नाटकीय ढंगले हराएकी छिन्।

शंकास्पद यात्रा भन्दै श्रीलंका अध्यागमनले फर्काइदिएकी नवलपरासीकी मालती विक विमानस्थल परिसरबाट माघ २४ गते गायव भईन।

इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयलाई बुझाउन ल्याउदै गर्दा मालती हराएकी हुन्। श्रीलंका अध्यागमनले मालतीको राहदानीलगायतका कागजपत्र इन्डियन एयरलाइन्सलाई जिम्मा लगाई सोही जहाजबाट उनलाई काठमाडौं फर्काइएको थियो।

Comments

comments