दाङ । ०४६ सालको जन आन्दोलनका क्रममा नारायणहिटि राजदरवारको अगाडि रहेको राजा महेन्द्रको शालिक तोडदै गरेको एक युवकको तस्वीर सम्भवतः अधिकांश नेपालीले कतै न कतै देखेको हुनुपर्छ । त्यही आन्दोलनको बलमा मुलुकबाट ३० वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भयो र मुलुकमा फेरी बहुदलीय व्यवस्था शुरु भयो । चैत २४ गते नारायणहिटी राजदरवारको अगाडि रहेको राजा महेन्द्रको शालिक तोडदै गर्दा दाङका ती युवक तारा खडका प्रहरीको गोली लागेर घाइते भए । तर घाइते भएका खडका अहिले गाँस र बासको लागि भिख माग्दै हिड्नुपर्ने अवस्थामा पुगेका छन् ।

जन आन्दोलन २०४६ का घाइते तारा खडका अहिले आफनो भात र सासका लागि भिखमाग्दै हिडेका छन् । २०४६ साल चैत २४ गते नारायणहिटि राजदरवारको अगाडि रहेको राजा महेन्द्रको शालिक तोडदै गर्दा प्रहरीको गोली लागि घाइते भएका खडका अहिले गाँस र बासको लागि भिख माग्दै नेपालका कुनाकुनामा पुग्ने गरेका छन् ।

Tara Khadka at lamjung 1

जनआन्दोलनमा गोली लागेर घाइते बन्दा जति पीडा भएको थियो,त्यो भन्दा दोब्बर पीडा बहुदल हुदै लोकतन्त्र आउदा समेत राज्यले आफूलाई चिन्न नसकेकोमा भएको खड्काले बताए ।

राज्यले बेवास्ता गर्दा बाँच्नकै लागि समेत भिख माग्दै हिड्नपरेको उनी बताउँछन् । देशको लागि ज्यूँदो सहिद भएर पनि कुनै सम्मान पाउन नसकेकोमा कुनै चित्त दुखाइ नरहे पनि कमसेकम आफू बाँचुञ्जेल गाँस र बासको व्यवस्था राज्यले गरिदेवस् भन्ने उनको अपेक्षा छ । घाइते भएको तीन वर्ष पछि मात्र अमेरिकाको अस्पतालमा खड्काको होश खुलेको थियो । उनी अहिले पनि औषधि खाइरहेका छन् । औषधीको असरले होला अहिले त उनी मानसिक रुपमा समेत विचलित बनेका छन् । औषधी खाना छोडे त्यहि पुरानै आन्दोलको स्मरण हुने र ‘एक्लै राजतन्त्र,राजा र पञ्चायका विरुद्ध नारा लगाउँदै बरबराउने गरेको उनी निकटस्थहरु बताउँछन् । अहिले साझ विहानको खाना र औषधी किन्न समेत समस्या भएको उनले बताए ।

उनको अहिले एक हात चल्दैन भने एउटा खुट्टै छैन । जिब्रो समेत तत्कालीन प्रशासनले उतिवेलै काटेर फालिदिएको छ । यसले गर्दा उनी अहिले राम्रो संग वोल्न समेत सक्दिनन् ।

Comments

comments