काठमाडौं । विहीवारदेखि नारायणगढ–मुग्लिन सडक खण्ड हरेक दिन चार घण्टा बन्द हुने भएको छ ।

सडक बिस्तार तथा पुनर्निर्माणको क्रममा चलिरहेकाले निर्माण कार्य नसकिएसम्मका लागि दिनको चार घण्टा बाटो बन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

बिहीबारदेखि हरेक दिन बिहानको ११ देखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुनेछ । दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हने भएका कारण हरेक दिन ४ घण्टा सडक बन्द गर्न बाध्य भएको आयोजनाले जनाएको छ । मुग्लिनबाट सिमल तालसम्मको भागमा काम गर्दा सडक साघुँरो र ठूला पहाड भत्काउन पर्ने भएका कारण सवारी आवत जावतमा समस्या आएको हो ।हरेक दिन ४ घण्टा बन्द भए पनि बाँकी समयमा दुवै तर्फ बाटो सञ्चालन हुने बताइएको छ ।

बन्दको समयमा गाडीलाई मुग्लिन र जुगेडीमा रोकिने जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले यातायात आवागमन कम गरी काम छिटो सम्पन्न गर्नका लागि पश्चिम तर्फ जान सिद्धार्थ राजमार्ग र पूर्व जान त्रिभुवन राजपथलाई वैकल्पिक मार्गको रुपमा लिन सकिने बताउनुभयो ।

निर्माणको क्रममा पनि अतिआवश्यक सेवाका सवारी साधनलाई २ घण्टाको फरकमा छाडिने भेटवालले बताउनभयो ।

Please follow and like us:

Comments