पर्सा । ईण्डियन आयल कर्पोरेशन आईओसी रक्सौल डिपोले बुधबार १६ लाख ४४ हजार ईन्धन लोड गरेको छ ।

नेपाली टयांकरमा तेल लोड गरेपछि एक सय ३७ टयांकर ईन्धन र दुईवटा एलपीजी ग्यास बुलेट बुधवार नै नेपाल भित्रिएको छ । रक्सौल डिपोले सोमबार सांझबाट नेपाली ट्यांकरमा तेल लोड गर्न थालेपछि दैनिक रुपमा ईन्धन भित्रिन थालेको हो । ईन्धन बोकेको एक सय ३७ वटा टयांकरमा डिजेल, पेट्रोल र हवाई ईन्धन गरी १६ लाख ४४ हजार ( एक हजार छ सय ४४ किलो लिटर) ईन्धन बुधबार सांझ वीरगञ्ज भित्रेको छ । ३७ वटा टयांकरमा चार लाख ४४ हजार लिटर पेट्रोल, ८६ वटा टयांकरमा १० लाख ३२ हजार डिजेल र १४ वटा टयांकरमा एक लाख ६८ हजार हवाई ईन्धन नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशिल शर्माले बताउँनुभयो ।

यस्तै एलपीजी ग्यास बुलेट दुई वटा पनि बुधवार नेपाल भित्रिएको छ । पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको निधनमा मुलुक राष्ट्रिय शोकमा डुबेको बेलामा समेत भन्सार बीरगञ्ज नाकाबाट ६ करोड ९३ लाख रुपैयाँ राजस्व असुली भएको प्रवक्ता शर्माले बताउँनुभयो ।

यसअघि वीरगञ्ज नाकामा सोमबार २४ वटा टयांकरमा तिन लाख ३८ हजार लिटर र मंगलबार ८३ वटा टयांकरमा १३ लाख १० हजार ईन्धन भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

Comments

comments