मेलबर्न । नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्च भिक्टोरिया अष्ट्रेलियाको दोश्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी शनिवार अर्थात फेब्रुअरी १३ मा हुने अधिवेशनको प्रमुख आतिथ्य ग्रहण गर्न नेकपा एमालेका केन्द्रीय सदस्य विजय सुब्बा मेलबर्न आउँनुहुने भएको छ । ४२६ सिड्नी रोडमा विहान १० बजेदेखि शुरु हुने अधिवेशनमा उपस्थित हुन सम्पूर्ण सदस्य तथा वैचारिक रुपमा आस्था भएका वा नभएका मेलबर्नवासी नेपाली समुदायहरुलाई समेत अनुरोध गरिएको छ ।

अधिवेशनको उद्घाटन सत्रमा नेपाली राजनीति र भिक्टोरियावासी नेपालीको लागि मञ्चले खेल्दै भूमिकाको बारेमा चर्चा गरिनुका साथै अवका योजनाका बारेमा पनि छलफल हुनेछ । यस्तै अधिवेशनको बन्द सत्रमा मञ्चले अहिलेसम्म गरेका काम कार्वाहीको समीक्षात्मक प्रगतिविवरण,भावी कार्य योजना लगायतका प्रतिविदेनहरु प्रस्तुत गरिनेछन् ।

यही अधिवेशनबाट आगामी नेतृत्व समेत चयन गरिनेछ ।

Comments

comments