मेलबर्न । यस वर्षको प्रेम दिवस अर्थात भ्यालेन्टाइन डेलाई लक्षित गरी सञ्चारकर्मी तथा गायक दिक्पालदेव पंगेनीले प्रेम गीत सार्वजनिक गर्ने भएका छन् । मेलबर्नमा बसोबास गर्दै आएका दिक्पालले १४ फेब्रुअरीका दिन युट्युबमार्फत ‘भेटी देउन…’ बोलको गीतको म्युजिक भिडियो वल्र्ड प्रिमियर गर्न लागेका हुन् ।

अस्ट्रेलियामा बस्दैं आएका गायक पंगेनीको उक्त गीतमा उनकी जीवनसंगीनी सम्झना पंगेनीको शब्द रहेको छ । अष्ट्रेलियामै तयार पारिएको म्यूजिक भिडियोमा यहीका मोडल प्रकृति श्रेष्ठ सहित गौरव शर्मा, महेश विडारी, लिपिका, सुमन र प्रतिक्षा दिक्पाल लगायतको अभिनय रहेको छ । दिक्पालकै कन्सेप्टमा निर्माण गरिएको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन भने जीवन रसाइलीले गरेका छन् । म्युजिक भिडियोमा अष्ट्रेलियाका मेलबर्नका विभिन्न स्थानहरुको मनोरम दृश्य समेटिएको छ ।

आफ्नो पूरानो सपना बल्ल आएर साकार हुन लागेकोमा पंगेनी निकै उत्साहित भएका छन् । दिक्पालको यो पहिलो एल्बमको पहिलो म्युजिक भिडियो हो । प्रेम दिवसलाई लक्षित गरी सार्वजनिक गर्न लागिएको उक्त म्युजिक भिडियोको प्रोमो भने सार्वजनिक गरिएको छ । म्युजिक भिडियो ए एण्ड ए प्रोडक्सनले बजारमा ल्याएको हो ।

Comments

comments