काठमाडौं । दक्षिण भारतमा एक बस चालकको आकाशबाट खसेको उल्का पिण्ड अर्थात ताराको टुक्राले लागेर मृत्यु भएको छ । रहस्यमय उल्कापिण्डले लागेर अन्य तीन जना पनि घाइते भएका छन् । यदि यो प्रमाणित भए उल्कापिण्डबाट मृत्यु हुने उनी पहिलो व्यक्ति बनेर इतिहासमा नयाँ रेकर्ड रहनेछन् । यो विज्ञानका लागि समेत नयाँ घट्ना हुनेछ ।

शनिवार तामिलनाडुमा भएको यो घट्नाको अध्ययन गरिरहेका विशेषज्ञहरुले आफूहरु सत्यताको नजिक पुगेको बताएका छन् । एक इन्जिनियरिङ कलेजमा खसेको ताराको टुक्राले लागेर कलेजका बसका चालकको तत्कालै मृत्यु भएको हो ।

घट्नास्थलमा पाँच फुट गहिरो खाडल समेत परेको छ । घट्नाका समयमा वरिपरिका घरका झ्यालहरुमा समेत कम्पन भएको प्रत्यक्षदर्शीहरुले बताए । घट्नास्थलबाट ११ ग्राम तौलको एउटा निलो कालो रंगको पत्थर पनि बरामद गरिएको छ ।

तामिलनाडुका मूख्यमन्त्री जयाललिताले यसलाई उल्कपिण्ड भएको दाबी गरेकी छिन् । तर वैज्ञानिकहरुबाट यसको पुष्टि हुन भने बाँकी छ । भारतीय खगोलविद एसपी राजगुरुले पत्थरको प्रकृति हेर्दा ताराको अवशेष नै हुनसक्ने भए पनि तत्काल पुष्टि भने भैनसकेको जानकारी दिए । अधिकांश उल्कपण्डिहरु पृथ्वीमा नआइपुग्दै अन्तरिक्षमै विलाएर जान्छन् । तर यो उल्कपिण्ड पृथ्वीसम्म आइपुगेको घट्ना विज्ञानका लागि चुनौति र नयाँ रहस्य हुनसक्ने उनले बताए ।

Comments

comments