काठमाडौँ । सुशिल कोइरालाको निधन भएको थाहा पाएपछि झिसमिसमै कोइराला निवास महाराजगन्ज पुगेका कांग्रेस नेता नरहरी आर्चाय बेहोस भएर लडेपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ।

उहाँ कोइरालाको पार्थिव शरिरमा श्रद्धान्जली दिएपछि उपस्थित काग्रेस नेताहरुसँग छलफलमा बस्नुभएको बेला अकस्मात बेहोस भएर ढल्नुभएको थियो ।

छलफलबाट बाहिर आएर कोइरालाको निवासको प्राङ्गनमा करिव १५ मिनेटसम्म उपस्थित संचारकर्मीहरुलाई कोइरालाको निधन तथा उहाँको नेपाली राजनीतिमा गरेको योगदानबारे प्रतिक्रिया दिनुभएको थियो ।

उहाँलाई कार्यकताहरुले बाँसवारीस्थित न्युराे अस्पताल उपचारका लागि लगेका छन्।

Comments

comments