मेलबर्न । भिक्टोरियाको प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको जारी ११ औं संस्करण अन्तर्गत तेस्रो हप्ताको प्रतिस्पर्धाहरु आइतवार सम्पन्न भएका छन् ।

तेस्रो हप्तासम्मको प्रतिस्पर्धापछि अंक तालिकामा द हिमालयन क्लबले अग्रता लिएको छ । उसले तीनवटा खेल खेलेकोमध्ये तीनवटैमा जीत हासिल गरेर कुल नौ अंक जोड्न सफल भएको छ । द हिमालयनलाई पछ्याएको सगरमाथा स्टार्सको भने कुल ६ अंक रहेको छ । सगरमाथाले ३ खेल खेलेकोमा २ मा जीत र एकमा हार व्यहोरेको थियो ।

बाँकी चार वटा टिमको भने समान ३–३ अंक रहेका छन् । तीन खेल खेलेर १ मा जीत र दुई दुई खेल हारेका सगरमाथा रेनेगेड्स,इष्टर्न वरियर्स,ब्रन्सवीक ब्लुज र नर्रे किङ्सको समान तीन तीन अंक रहेका छन् । तर रन रेटको आधारमा सगरमाथा रेनेगेड्स केही अगाडि छन् भने पुछारमा नर्रे किङ्स रहेको छ ।

यसैबीच ८ तारिख आइतवार भएको तेस्रो हप्ताको खेलमा द हिमालयनले अपराजित यात्रा कायमै राख्यो भने दुवै सगरमाथा टिमले पनि जितको स्वाद चाखे । उक्त प्रतिस्पर्धामा सगरमाथा रेनेगेड्सका खेलाडी भरत तिवारी सामान्य घाइते भएका छन् । चौथो हप्ताका खेलहरु अब अर्को आइतवार हुनेछ ।

Comments

comments