काठमाडौं । दश बर्षे लामो माओवादी सशस्त्र युद्धमा सहभागी पूर्व माओवादी लडाकु अन्र्तगतका बहिर्गमित जनमुक्ति सेना नेपालले राज्यवाट उचित सम्वोधन हुनुपर्ने भन्दै विभिन्न मागहरु पुनः प्रस्तुत गरेको छ ।

सोमवार राजधानीमा आयोजित कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालले शान्ति प्रक्रियाको नाममा आफुहरु माथि अन्याय भएको र न्यायको लागि जति पहल गरेपनि सरकार र राजनीतिक दलहरुले वेवास्ता गरेको गुनासो गरेका छन् । उनीहरुले आफूहरुमाथि लागेको अयोग्य शव्दको विल्ला हटाईनुपर्ने र ४ हजार ९ जना सदस्यहरुलाई दीर्घकालीन व्यवस्थापनसहित उचित सम्वोधन गरिनुपर्ने माग दोहोर्याएका छन् ।

पूर्व लडाकुहरुको समूहले तत्कालीन समयको सशस्त्र द्धन्द्धमा राज्य तथा विद्रोही पक्षवाट बाल अधिकार हनन भएको दाबी गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कानुन अनुसार न्याय पाउनु पर्ने माग पनि गरेका छन् ।

शान्ति प्रक्रियाको मर्म विपरित आफूहरुमाथि गम्भीर अन्याय भएको भन्दै उनीहरुले शान्ति प्रक्रिया पश्चात मुलुकको अवस्था थप विग्रिएको र राजनीतिक दलहरु गैरजिम्मेवार बन्दै गएको आरोप पनि लगाएका छन् ।

Comments