काठमाडौं । नाकाबन्दी हटे लगत्तै नेपाल भारत सीमा नाकाहरुमा चहलपहल ह्वात्तै बढेको छ ।

यो सक्रियतासंगै नेपाल आयल निगमका ट्यांकरहरु पनि भारत तर्फ लाग्ने क्रम तीब्र बनेको छ । असोज सात गतेदेखिको अवरोध गत साताको शुक्रबारदेखि एकाएक हटेपछि सक्रिय भएको बीरगञ्ज रक्सौल नाकाबाट ठूलो परिणाममा इन्धन र मालसामग्री आउने क्रम पनि बढेको छ ।

नेपाल आयल निगमले सोमवार भारतीय आयल कर्पोरेसनबाट इन्धन आपूर्ति गर्न ४० ओटा भन्दा बढी ट्याङकर पठाएको छ । नेपाल आयल निगमले ५ महिना लामो नाकाबन्दी पछि भारतीय आयल कर्पोरेसनसँग ९ सय किलोलिटर इन्धन ढुवानीको लागि माग गरेको छ । आइओसीबाट निगमले माग गरेको तेल आपूर्ति भए पछि मात्र नेपालमा पेट्रोलियम पदार्थ सहज हुने निगमको भनाई छ । यद्दपि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन अझै एक महिना लाग्ने आयल निगमको भनाई छ । शुक्रवार नाकाबन्दी फिर्ता भए पछि सोमवार आयल निगमले भारतीय आयल कर्पोरेसनमा तेल भर्न ४० ओटा भन्दा बढी ट्याङकर पठाएको हो ।

मधेश आन्दोलन र नाकाबन्दीको कारण असहज भएको आपूर्ति पहिलाको अवस्थामा आउन समय लाग्ने निगमको निर्देशक मुकुन्द प्रसाद धिमिरेको भनाई छ । निगमले आफनो भण्डारण क्षमता बढाउन नसक्नु र थानकोट लगायतका डिपोहरुमा पर्याप्त इन्धनको मौज्दात राख्न नसकेको कारणले गर्दा पनि इन्धन आपूर्ति सहज हुन बढी समय लाग्ने भएको हो । आयल निगमले बिगतमा पनि पर्याप्त आवश्यक इन्धन मौज्दात राख्न नसकेको कारण अत्याबश्यक सेवा समेत प्रभावित भएको थियो । आयल निमगका निर्देशक घिमिरेले बिगतमा मौज्दात राख्न नसेकेको कारण आपूर्तिलाई पुरानो अवस्थामा ल्याउन समय लाग्ने बताउनु भयो ।

आयल निमगले माग गरे अनुरुप भारतीय आयल कर्पोरेसने इन्धन उपलब्ध गराएको अवस्थामा भने एक हप्ता भित्र आपूर्ति सहज हुन सक्ने पनि निर्देशक धिमिरेको भनाई छ । तर खाना पकाउने ग्यासको सहज आपूर्ति हुन भने अझै केही समय लाग्ने निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनले गत असोज ४ गते यता देखि कुनै पनि ट्याङकर इन्धन भर्न दिएको थिएन । लामो समय पछि सहज बन्दै गएको नेपाल भारत सम्बन्धसंगै नाका सहज हुन थालेपछि आम सर्वसाधारणले राहत महसुस त गरे तर उनीहरुले अभावको अन्त्यका लागि भने अझै केही समय कुर्नु पर्ने अवस्था देखिएको छ ।

Please follow and like us:

Comments