काठमाडौँ । प्रहरीले पाकेट मारी गर्ने कार्यमा संलग्न चार जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

गोठाटार बस्ने काभ्रे पनौती घर भएकी ३५ बर्षीया कान्छीसिङ परियार, ओखलढुङ्गा राण्दिप–६ घर भएकी ३५ बर्षीया दिपा घिमिरे र उनीहरुको साथी कोटेश्वर बस्ने भोजपुर व्यौली–७ घर भएका ३३ बर्षीय श्याम कुमार दाहाल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । साँखु स्थित शंखरापुर बसपार्कमा उनीहरुले पाकेट मारी गरेको सूचना प्राप्त हुनासाथ शनिबार प्रहरी प्रभाग साँखुबाट सादा पोशाकमा खटिएको टोलीले परियारलाई पाकेट मारी गरेको नगद ३५ हजार ५ सय ९२ रुपैयाँ, पहेंलो धातु जस्तो देखिने टप २ थान, बाला २ थान, झुम्का १ थान,लेडिज व्याग १ थान सहित तथा घिमिरेलाई नगद ४७ हजार ७ सय १४ रुपैयाँ,मोवाईल १ थान ,युएस डलर २, युएई दिराम २५, हङकङ डलर ५ सय सहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुले पकेट मारी पैसा निकाली झाडीमा फालेको १० थान खाली पर्स समेत बरामद गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments

comments