चितवन । चितवनस्थित नारायणगढ–मुग्लिन सडक खण्ड हरेक दिन चार घण्टा बन्द हुने भएको छ ।

सडक बिस्तार तथा पुनर्निर्माणको क्रम चलिरहेकाले माघ २८ गतेदेखि निर्माण कार्य हुँदासम्म दिनको चार घण्टा राजमार्ग बन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

२८ गतेदेखि हरेक दिन बिहानको ११ देखि दिउँसो ३ बजेसम्म बाटो बन्द हुने बताइएको छ । दुई घण्टा पहाड फोर्ने र दुई घण्टा सफा गर्ने काम हुने भएकोले हरेक दिन ४ घण्टा सडक बन्द हुने आयोजनाले जनाएको छ । मुग्लिनबाट सिमल तालसम्मको भागमा काम गर्दा सडक साघुँरो र ठूला पहाड भत्काउन पर्ने भएका कारण सवारी आवत जावतमा समस्या आएको हो ।
सडक निर्माण एवं बिस्तारको क्रममा ट्राफिक जामका कारण घण्टौं समयसम्म गाडी रोक्नु पर्ने बाध्यता भएकोले हरेक दिन ४ घण्टा बन्द गरेर बाँकी समयमा दुवै तर्फ बाटो सञ्चालन हुने आयोजनाले जनाएको छ ।

अहिले हरेक दिन बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म काम हुँदै आएको छ । बन्दको समयमा सवारीसाधनलाई मुग्लिन र जुगेडीमा रोकीने व्यवस्था मिलाइएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डलाई सन् २०१७ अप्रिलसम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको बनाउने गरी काम भइरहेको छ ।

Please follow and like us:

Comments