काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले फागुन पहिलो साता भारत भ्रमण गर्नुहुने तय भएपछि त्यसैको तयारी स्वरुप अर्थमन्त्री पौडेल आइतबार भारत भ्रमणमा जानुभएको हो ।

पौडेल जेट एयर लाइन्सको विमानमार्फत विहान साढे ९ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भारत भम्रणका क्रममा अर्थमन्त्री पौडेलले फागुन ७ मा हुने प्रधानमन्त्री ओलीको भारत भ्रमणका विषयमा छलफल गर्नुहुनेछ । भारत बसाईका क्रममा उहाँले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र समकक्षी अरुण जेट्लीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
जेट्लीसँगको भेटमा अर्थमन्त्री पौडेलले भारतले नेपाललाई दिँदै सहयोग, भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा छलफल हुनेछ ।

लामो समयदेखि भारतले लगाउँदै आएको नाकाबन्दी हटेसँगै दुई देशबीच देखिएको तनाव मत्थर हुँदै गएको छ ।

Comments