काठमाडौं । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा आइतबार नेपालले भुटानसँग खेल्दैछ । नेहरु रंगशालमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ ।

सागको २३ वर्षमुनिको फुटबलमा ६ टोलीको सहभागीता रहेको छ । समूह बी मा नेपालसहित बंगलादेश र भुटान छन् । यस्तै समूह ए मा आयोजक भारत, माल्दिभ्स र श्रीलंका छन् । समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् ।
केही समयअघि मात्रै बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि उचालेको नेपाली युवा टोली भुटानलाई हराउँदै विजयी सुरुवात गर्ने मानोबलका साथ मैदान उत्रने छ ।

यसअघि शनिबार भएको खेलमा समूह ए को खेलमा श्रीलंकाले आयोजक भारतलाई १–० ले हराएर विजयी सुरुवात गरेको छ ।

Comments