काठमाडौं । नेपाल आयल निगमले मोटरसाइकल तथा स्कुटरलाई लट नम्बरका आधारमा पेट्रोल बिक्री गर्दै आएको छ । निगमले सोमबार ४६ देखि ६० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गर्ने छ ।

निगमले काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ४४ वटा पम्पबाट सोमबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री गरिने जनाएको छ । नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह गरेको छ ।

तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ ।

निगमले यसअघि दुई दिन गरेर ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गरेको थियो । बाँकी लटका लागि पछि सूचना निकालिने निगमले जनाएको छ ।

पम्पको सूची

४६ देखि ६० लटसम्मका मोटरसाइकललाई कुन कुन पम्पबाट पेट्रोल ?

४६ देखि ६० लटसम्मका मोटरसाइकललाई कुन कुन पम्पबाट पेट्रोल ?

४६ देखि ६० लटसम्मका मोटरसाइकललाई कुन कुन पम्पबाट पेट्रोल ?

Comments