काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवीको अनुसन्धानमा सालेप शैक्षिक योग्यता भएका अर्थात साधारण लेखपढ गर्ने समेत डाक्टर बनि उपचार गरिरहेको पाइएको छ । सिआईवीले सरकारी अस्पतालदेखि अन्य चर्चित निजी अस्तपालमा  कार्यरत १२ जना नक्कली डाक्टरलाई पक्राउ गरी शनिबार सार्वजनिक गरको हो ।

हातमा हतकडी लाइएका यी १२ जना अभियुक्तहरु नक्कली डाक्टर हुन् ।  हत्कडी लगाइएका यीनिहरु समाजले प्रतिष्ठित ठान्ने डक्टर पेशालाई बद्नाम गर्ने  तर नक्कली प्रमाणपत्रधारीहरु हुन् । गत मंसिर १२ गते नेपाल मेडिकल काउन्सिलले काठमाडौं स्थित नेपाली सेनाको मेडिकल कलेजमा डाक्टरहरुको लाइसेन्स दिने परीक्षा लिँदा नक्कली परिक्षार्थी र पं्रमाणपत्रधारी फेला परेपछि सिआईबीलाई अनुसन्धान अघि बढाउन आग्रह गरिएको थियो ।

सिआईबीले पक्राउ गरेका नक्कली डाक्टरहरुमा झापाको विर्तामोड स्थित विएनसी अस्पतालमा कार्यरत रामबाबु गिरी, ईटहरी स्थित पशुपति मोडेल अस्पतालका संचालक पशुपति चौधरी, गोल्डेन अस्पताल विराटनगरमा कार्यरत मोहम्मद कमरुल हक, सरकारी अस्पताल कोशी अञ्चल अस्पतालमा कार्यरत तुलसी कुमार महतो, जनकुपर अञ्चल अस्पतालमा कार्यरत सन्तोष कुमार यादव,  सिराहा स्थित ग्लोबल अस्पतालका कार्यरत मोहम्मद अहमद सिद्धिकी, जनकपुरको चानसी मेडिकलका कल्याण विश्वास, कलेज अफ मेडिकल साईन्स भरतपुरका विनिता यादव, जनकपुर स्थित अजित मेडिकल हलका भगवान केवट मल्लाह, रामजानकी डेन्टल क्लिनिक जनकपुरका शैलिन्द्रकुमार महतो, स्थास्थ्य सेवा क्लिनिक तौलिहवा कपिलबस्तुका अफजल हुसैन र ग्गोबल अस्पताल ग्वार्को ललितपुरका श्यामबावु साह छन् ।

प्रहरीले अभियुक्तहरुबाट नेपालबाट एसएलसी प्रमाण पत्र तहको नक्कली पं्रमाण पेश गरिएको एउटा, भारतबाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश भएका १० वटा र भारतबाट प्रवेशिका परिक्षा र प्रमाणपत्र तहको नक्कली प्रमाण पत्र पेश गर्ने एउटा गरी १२ वटा नक्कली प्रमाणपत्र समेत बरामद गरेको  । दुई महिना लामो अनुसन्धान पछि नक्कली सर्टिफिकेट बोकेर वसेका डाक्टरहरु पक्राउ संगै चिकित्सा क्षेत्रमा तरंग उत्पन्न भएको छ । सिआइवीका प्रमुख डिआइजी हेमन्त मल्लले पहिलो प्रहार भएको भन्दै थप  पाँच सय शंकास्पद नक्कली डाक्टरहरु माथि अनुसन्धान भइरहेको जानकारी दिनुभयो । हाल मेडिकल काउन्सिलबाट १७ हजारले डाक्टरको लाईसेन्स लिएका छन् ।

नेपाल चिकित्सकलाई लाइसेन्स दिने एक मात्र निकाय मेडिकल काउन्सिलको सतर्कताको कारण यस पटक नक्कली डाक्टहरुको जालो भेटिएको काउन्सिलका सदस्य डाक्टर कृष्ण प्रसाद अधिकारीको दावी छ । अधिकारीले डाक्टरको लाइसेन्स दिंदा उनिहरुको प्रमाणपत्र चेक गर्ने प्रणाली कमजोर  भएको स्वीकार्दै अब कडा पारिने प्रतिवद्धता जनाउनुभयो ।

Comments

comments