-बुद्दछिरिङ मोक्तान

२०७२ माघ २०, बुधवार ।

बिहान ६:०० बजे नै हामी चौतराबाट हिंड्ने तयारी गर्दै थियौं । यो पटक अधिवक्ता भुपेन्द्र थिङ जिको छोरा नबिन जो हाल CA अध्ययनको दोश्रो बर्षमा छन उनी पनि हामीसँगै उजेलीकी गाउँ जाने निधो भयो । हामी तीन जना घरबाट निस्क्यौं । भिम जि यात्रा सम्झेर थोरै थकित जस्तो महशुश गर्दै थिए भने म चाँही उत्साहित थिएँ कि फेरी पनि जाने-आउँने गरेर करिब ८ घण्टा हिंड्न पाईने भयो । हिंड्नु मेरो निमित्त best sports हो । मलाई उकालो हिंड्न साह्रै मन पर्छ किनकी यस्तो यात्रा गर्दा जीवनको विविधता हेर्न र देख्न पाईन्छ र काठमाडौंको कोकोहोलोबाट मुक्ती पाईन्छ ।

करिब डेढ घण्टाको यात्रा पश्चात स्याउले बजार पुगियो । त्यहाँको सानो खाना-नास्ता खाने पसलको बहिनीले तामाङ भाषामै “फेरी आइपुग्नु भयो दाईहरु?” भनेर प्रतिकृया जनाईन । हामीले त्यहीं खाना खाने निर्णय गर्यौं । मैले भने दाल-भात नखाने विचार गरें र मेरो निम्ती Buff Chowmein अर्डर भयो । भिम जि र नबिनले चाँहीं खाना नै खानु भयो । अब त ठाडो उकालो चढ्नु छ । भिम जि र नबिन टेक्ने लठ्ठीको खोजी गर्दै थिए म भने शुरुशुरु बाटो नाप्न थालें । केही माथि पुगेपछी भिम जिले “ल दाईलाई मैले एउटा लठ्ठी ल्याएको छु” भन्दै लठ्ठी म तिर तेर्स्याए । मैले भने, “यो पटक देखी म उकालो हिंड्दा लठ्ठी नटेक्ने । मैले लठ्ठी त्याग गरें ।” भिम जि भन्दै थिए, “दाई साह्रै छिटो हिंड्ने, गाउँले जत्तिकै ।” मैले भने, “Walking is my best sports.” ।

तीन घण्टाको उकालो हिंडाई पछी हामी सानो ओख्रेनी भन्ने ठाउँमा पुग्यौं । यो पटक हामीले गुरुङ बालाई पनि साथै लैजाने विचारले काठमाडौं देखी नै उहाँसँग संपर्कमा रह्यौं । चौतारा छोड्नु अघी पनि संपर्क भएको थियो र उहाँले सानो ओख्रेनी आइ पुगे पश्चात संपर्क गर्नु म १० मिनेटमा आइ पुग्छु । सानो ओख्रेनीमा आइ पुग्न लाग्दा देखी नै लगातार संपर्क गरियो तर उहाँको मोबाईलबाट निरन्तर एउटा कुरा “अहिले संपर्क हुन सकेन केही छिन पछी पून: प्रयास गर्नुहोस ।” हामीले ओख्रेनीको एक शेर्पिनी दिदीको चिया पसलमा “सो-झ्या” अर्थात नुन चिया खाँदै गुरुङ बालाई संपर्क गर्ने कोशीश गर्दै आधा घण्टा विताईयो तर पनि उहाँसँग संपर्क नभए पश्चात हामी उकालो लाग्यौं । थप आधा घण्टाको हिंडाई पश्चात शेलाङको डाँडाखर्क पुगियो । यो पटक हामी लक्की थियो । आकाश पुरै साफा र खुलेको थियो हामीले नजिकै जुगल हिमाल देख्यौं । भिम जि मधेशवासी हिमाल देख्नसाथ रोमान्टिसाईज्ड हुनुभयो ।

यो पटक डाँडाखर्क आइ पुग्दा भर्खर १२ जती बजेको थियो त्यसैले त्यो डाँडामा केही बेर हिमालको द्रिश्य हेर्दै बितायौं । उजेलीको घर काफ्ले डाँडा पुग्न त्यहाँबाट आधा घण्टा जती ओरालो झर्नु पर्छ । हामी लाग्यौं ओरालो उजेलीको वस्ती तर्फ । वस्तीमा पुग्दा अघी स्याउलेमा हामीले भेटेको एउटा Mitsubisi Pick up वस्तीमा भर्खर आइ पुगेर केही पाईप र धाराको सामानहरु झार्दै थियो । त्यो एउटा INGO को जिप रहेछ । त्यहाँ दुई जना कर्मचारीहरु पनि थिए ।

बुझ्दै जाँदा उहाँहरु क्याम्प व्यवस्थापन गर्ने परियोजनामा काम गर्नु हुँदोरहेछ । उहाँहरुसँग केही क्षण भलाकुसारी भयो । उहाँहरुबाट थाहा भयो कि सिन्धुपाल्चोक जिल्लामा मात्रा यस्तो विस्थापितहरु १५ वटा क्याम्पहरु रहेछ । उहाँहरुले एउटा विस्थापित माझी वस्तीबारे सुनाउँनु भयो र त्यहाँ पनि अवस्था झन दर्दनाक भएको कुरा सुनाउनु भयो । मैले मनमनै निधो गरें, “म त्यो माझीहरुको विस्थापित वस्तीमा चाँही जरुर पुग्नेछु ।” ति दुई मित्रहरुसँग केही प्रोफेसनल कुराहरु पनि भयो । उहाँहरु यो वस्तीमा प्राय: आइ रहने गर्दा रहेछ । यो पटक देखी त हामी पनि आइ नै रहेका छौं । हामीहरु दुबै टोलीको एउटै काम वस्तीवालाहरुलाई सहयोग गर्नु । उहाँहरुलाई त्यो कामको निमित्त आकर्शक सेवा-सुविधा पाउँछ भने हामीले के पाउँछौं त? खुशी, आनन्द, सु:खानुभुती (सत चित आनन्द)

उजेली र उनको गाउँमाथि विविसीले प्रसारण गरेको मनछुने साझा सवाल :

Comments