धनुषा । शुक्रवार राती धनुषा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका प्रतिनिधि राजेन्द्रप्रसाद यादवलाई अज्ञात समुहले गोली हानी हत्या गरेको छ ।

जिल्लाको बालाबाखर –४ वैरीया टोल घर भएका अन्दाजी ४५ वर्षिय यादवलाई शुक्रबार राति करिब १० बजे गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।मृतक यादवको पेट, छाती र घाँटीमा गोली लागेको घटनास्थलमै रहेकी नेपाली काँग्रेसकी सांसद मोक्ताकुमारी यादवले बताइन् । मृतक सांसद यादवका मामा ससुरा हुन् । सांसद यादवको परिवारमा भतिजीको बिहेमा सहभागी हुन आएका यादवलाई अज्ञात व्यक्तिले फोन गरी घर बोलाएर गोली हानी फरार भएको उनले बताइन । उनको हत्या कसले र किन गरेको भन्ने पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ भने घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी रामदत्त जोशीले बताएका छन् ।

Comments

comments