काठमाडौ । स्थानीय व्यापारीको प्रतिकारपछि १ सय ३५ दिनदेखि अवरुद्ध वीरगन्जको रक्सौल नाका खुलेपछि गाडीहरु निर्वाध चलिरहेका छन् ।

नाकामा धर्नामा बस्ने मधेसी मोर्चाका कार्यकर्ताको संख्या कम भएको समयमा स्थानीय व्यापारीहरु पुगेर धर्नास्थलमा टाँगिएका टेन्टमा आगो लगाईदिएपछि नाकाको अवरोध हटेको हो । हिजो अघोषित रुपमामै नाका खुलेपनि आज घोषित बनाउने मोर्चाको तयारी छ । नेपाल भारत आउजाउ पनि सहजरुपमै सुरु भएको छ । ठूलो संख्याका सुरक्षाकर्मी परिचालन गरिएको छ । मधेसी मोर्चाले भने नाका खुलेपनि कुनै औपचारीक धारणा सार्वजनिक गरेको छैन । आज बैठक बसेर धारणा बनाउने उसको तयारी छ ।

यसैबीच बीरगञ्ज नाका खुलेपछि स्थानिय प्रशासनले रोकिएका सामान ल्याउने प्रक्रिया पनि सुरु गरेको छ ।

Comments