मेलबर्नमा ७ तारिखमा देखाइने

मेलबर्न ।चलचित्र भाग सानी भागले अस्ट्रेलियामा भब्य प्रिमियर समपन्न गरेको छ । नेपालमा चैत्र पाच गते प्रदर्शन आउने यो चलचित्रलाई अष्ट्रेलियाको डार्बिन शहरबाट गएको जनवरी २९ मा भब्य रेड कार्पेट सहित प्रिमियर गरिएको हो ।

प्रिमियरपछि अष्ट्रेलियाको पर्थ शहरमा जनवरी ३१ मा अर्को शो समपन्न गरिएको निर्माता बिष्णु चापागाईले बताउनु भयो । प्रिमियर शोसंगै भएका शो हरुमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको बताइएको छ । चलचित्रले अस्ट्रेलियाको क्यानबेरामा फेब्रुअरी ५ मा सिडनीमा फेब्रुअरी ६ र ७ मा मेलबर्नमा फेब्रुअरी १३ र १४ मा एडिलेड शहरमा फेब्रुअरी १९ र ब्रिसबेनमा फेब्रुअरी २१ म प्रदर्शन गर्दैछ । चलचित्रमा सानीको भुमिकामा अभिनय गरेकी नायिका केकी अधिकारी र देब को भुमिकामा अभिनय गरेका नायक सबिन श्रेष्ठको अभिनयलाई दर्शकहरुले अत्यान्तै मन पराएको प्रतिक्रिया छ ।

bhag-sani-bhagनेपाली चलचित्रको बिश्वबजारीकरणलाई बिस्तार गर्ने उद्देश्यले चलचित्र भाग सानी भाग लाई अष्ट्रेलियाबाट प्रिमियर गरेको गैरआवासीय नेपाली संघ (एनआरएन) एबं चलचित्रका निर्माता चापागाईले बताएका छन । चलचित्र हेरेर अष्ट्रेलियाका दर्शकहरुले चलचित्रको कथासंगै गीत संगीतको पनि तारिफ गरेका छन ।

नबल नेपालको निर्देशनमा बनेको यो चलचित्रलाई चापागाईले संगीतकार चेतन सापकोटा बेल्जियम निवासी शहदेब गौतम र अमेरिका निवासी बिलोन पोख्ररेलसंग मिलेर निर्माण गरेका थिए ।

Comments

comments