एजेन्सी । ब्राजिलमा कर छलेको विभिन्न चार आरोपमा फुटबल स्टार नेयमारमाथि छानविन सुरु भएको छ। बार्सिलोनाका स्ट्राइकर नेयमारविरुद्ध सन् २००६ देखि २०१३ को बिचमा कम कर तिरेको विषयमा छानविन सुरु भएको हो ।

फर्जी कम्पनीको माध्यमबाट नेयमारले कर छुट लिइरहेको आरोप लगाइएको छ। छानविनकर्ताहरुका अनुसार फुटबलरका पिता नेयमार दा सिल्भा सेन्टासमाथि पनि धोकाधडीको आरोप छ। बार्सिलोनाका अध्यक्ष जोजफ मरिया बार्टोम्यु र पूर्व अध्यक्ष सैन्ड्रो रोजेलविरुद्ध पनि आरोप लगाइएको छ। उता मंगलबार स्पेनमा खेलाडीका विरुद्ध एउट अन्य मुद्दामा सुनुवाई भएको छ। मैड्रिडमा भएको सुनुवाईका क्रममा नेयमार स्वयम अदालतमा उपस्थित भएका थिए । नेयमारमाथि ट्रान्सफरका क्रममा धोकाधडी गरेको आरोप छ। बार्सिलोनाका अनुसार नेयमारलाई ट्रान्सफरका लागि सन् २०१३ मा उनलाई ५७ मिलियन युरो दिइएको थियो ।

छानविनकर्ताहरुले भने नेयमारलाई ८३ मिलियन युरो बराबर दिइएको थियो । क्लबले सहमतिको केही कुरा सार्वजनिक गरेको छैन । यद्यपि नेयमारले सबै आरोप अस्वीकार गरेका छन् ।

Comments

comments