एजेन्सी । अमेरिकी ‘टिभी क्विन’ ओप्रा विन्फ्रेले एउटा ट्विटकै कारण दुई करोड डलर कमाएकी छिन् । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल ट्विटको प्रयोग बढ्दो छ, त्यसैले पनि यसलाई अपत्यारिलो रूपमा लिन सकिन्छ ।

तर, ओप्राले चाहिँ ट्विटरकै माध्यमबाट पैसा कमाइन् । खासमा ओप्राले ट्विटरमा एउटा भिडियो पोस्ट गरेकी थिइन् । त्यसमा उनले रोटी खाएपछि कसरी तौल कम गर्ने भन्ने टिप्स दिएकी थिइन् । ‘वेट वाचर्स’ नामको कम्पनीका लागि उनले पोस्ट गरेको भिडियो हेरेपछि यो ब्रान्डको रोटीको बिक्रीमा १८ प्रतिशतले बढेको थियो ।

यो कम्पनीमा ओप्राको आफ्नै लगानी पनि छ । त्यसैले, उनले यसबाट भएको फाइदाको दुई करोड डलर पाएकी हुन् ।

Comments

comments