काठमाडौं । भारतको राष्टिय जनता दल (आरजेडी) का उपाध्यक्ष तथा सांसद रघुबंसप्रसाद सिंहले मधेस आन्दोलन चर्काउन १० लाख विहारीलाई नेपाल पठाउने सहमति मधेसबादी दलका नेताहरुसँग गरेका छन् ।

दिल्लीदेखि काठमाडौंसम्मलाई दवाव दिन मधेस क्षेत्रमा आन्दोलनका लागि १० लाख विहारीलाई नेपाल पठाउने र आन्दोलनका भरमा नेपाल सरकारलाई झुकाउने सहमति सिंह र मधेसबादी दलका नेताहरुबीच भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अंगिकृत नागरिकलाई राज्यको मुख्य पदमा जान नदिने संबैधानिक ब्यवस्थालाई खारेज गर्न विहारीलाई मधेस आन्दोलनमा पठाउने सहमति भएको हो ।

२८ लाख भारतीय नागरिकले नेपालबाट अंगिकृत नागरिकता लिएको तथ्याडक मधेसवादी दलका नेताहरुले विहारी नेतालाई दिएपछि आन्दोलनमा मानव सहयोग गर्ने सहमति भएको हो । विहारको मुजफ्रपुरमा मिडिया फर बोडरले गरेको कार्यक्रममा सिंहले नेपालमा आन्दोनल गर्न विहारबाट १० लाख नागरिक नेपाल पठाउने तयारी गरेको खुलासा गरेका हुन् ।

सिंहसँगको सहमतिपछि मधेसबादी दलका नेताहरु राष्टिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको दैलामा पुगेका थिए । त्यहाँ खिचिएको एक तस्विर अहिले निकै चर्चामा छ ।

Comments

comments