मेलबर्न । एमाले निकट प्रवासी नेपाली मन्च अष्ट्रेलियाको अधिवेशन यही फेब्रुअरी १३ तारिख शनिवार का दिन मेलबर्नमा हुने भएको छ ।

कोबर्ग स्थित बिग बेली रेष्टुरेन्टको सभाहलमा हुने अधिवेशनमा प्रमुख अतिथि बन्न नेपालबाट पार्टी केन्द्रीय सदस्य विजय सुब्बा आउँनुहुने तय भएको मन्च अष्ट्रेलियाका प्रथम उपाध्यक्ष तथा भिक्टोरियाका ईन्चार्ज राम रानाभाटले जानकारी दिनुभयो ।

नेकपा एमालेबाट अलग भएर अशोक राई नेतृत्वको समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष हुनु भएका सुब्बा जातीयता र क्षेत्रीयताले मुलुक द्वन्द्वतिर जान सक्ने निष्कर्ष निकाल्दै राष्ट्रियताको संरक्षण र मुलुकको प्रगतिको लागि एमालेको विकल्प नभएको भन्दै पुनः एमालेमा फर्किनुभएको थियो ।

बौद्धिक र क्षमतावान जनजाति नेता मानिनु हुने सुब्बा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

Comments