चौतारा । उपराष्ट्रपति नन्दबहादुर पुनले भुकम्प प्रभावित जिल्लाहरुमा पुनर्निर्माणको कार्य ढिलाई भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । विनाशकारी भूकम्पपछि अपेक्षाकृत रुपमा पुन निर्माणको काम हुन नसकेको उहाँको कथन छ ।

तामाङ सम्ुदायको २८५२ औं टे ल्हो सोनाम ल्होछारको अवसरमा सोमबार सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनःले पुनर्निर्माणको काम यथासक्य छिटो अगाडि बढाउँनुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
पुनर्निर्मााणमा भैरहेको ढिलाइका कारण ल्होछार जस्तो सांस्कृति र्वि समेत मन खोलेर मनाउँन नसकिएको उपराष्ट्रपति पुनःको भनाइ थियो । उहाँले सरकारसँग् छिटो भन्दा छिटो व्यवस्थित आवास बनाउने तर्फ लाग्न आफूले अनुरोध गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सोनाम ल्होछारको अवसरमा आयोजित कार्यक्रममा सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले नयाँ संविधानमा व्यवस्था भए अनुुसार ३ नम्बर प्रदेश ताम्सालिङ,नेवा वागमती प्रदेश हुनुपर्ने बताउँनुभयो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय स्तरका विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो ।

Comments