काठमाडौँ । अत्याधुनिक प्रविधि सहितको मोबाइल प्लानेटोरियमको माध्यमबाट काठमाडौं उपत्यकाका विद्यार्थीले डोममा अन्तरिक्षको अवलोकन गर्न पाउने भएका छन्।

इज्मा मिडिया एन्ड मेनेजमेन्टले नेपालमा पहिलो पटक भित्र्याएको प्रविधिबाट विद्यार्थीले अन्तरिक्षको प्रत्यक्ष अवलोकन गर्न पाउने भएका हुन्। जमिनमै बसेर आकाशका तारा दिउँसै हेर्ने प्रविधि नेपालमै पहिलो भएको इज्माका प्रबन्ध निर्देशक सन्तुष्ट अधिकारी बताए।

इज्माले काठमाडौँको कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा त्यसको पहिलो प्रदर्शनी गरेको छ। प्रदर्शनीमा एक हजारभन्दा बढी विद्यार्थीले डोमबाट अन्तरिक्षबारे जानकारी हासिल गरेका छन्।

इज्माका निर्देशक नीरज अर्यालका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयबाट आएको माग अनुरुप आगामी महिना उपत्यकाका विभिन्न विद्यालयमा प्रदर्शनी सञ्चालन गरिनेछ।

Please follow and like us:

Comments