हरेक सफलताले थप उत्साह जगाउँछ | दुई सफल इभेन्ट्स आयोजना गरि सफलता हासिल गरेको नेप्ले इभेन्ट्सले नेपाली संगीत प्रेमी दर्शक श्रोताहरुको असिमित मागलाई मध्यनजर गर्दै आगामी डिसेम्बर अन्तिम साता ” संगीत हाम्रो साथी ” विशेष सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ  |

sanjay

स्थानीय प्रतिभालाई प्रोत्सहन एबं नेपाली संगीतमा आफ्नो वर्चस्व कायम गरि सकेका चिरपरिचित संगीतकर्मीहरुको संयुक्त जमघटका बीच मेलबर्नमा गर्न लागिएको यस कार्यक्रमको पूर्व तयारी भैरेहको कार्यक्रम संयोजक एबं नेप्ले इभेन्ट्सका निर्देशक सन्जय कुमार शाहले बताउनु भयो | “यस अघि सांगीतिक कार्यक्रम  द युनिटी” र नेपाली चलचित्र “कबड्डी” को प्रदर्शनमा उच्च सहभागिताका साथ इभेन्ट्स सफल पर्न सहयोग पुर्याउने सबैलाई हार्दिक आभार ब्यक्त गर्दै नयाँ बर्षको पूर्व सन्ध्यामा आयोजना हुने  यो तेस्रो इभेन्टमा समेत सक्रिय सहभागिताको अपेक्षा गरेको छु ” निर्देशक शाहले हामी सँग भन्नु भयो |

अष्ट्रेलिया लगायत  नेपालीहरुको उच्चतम बसोबास भएका विश्वका  बिभिन्न सहरहरुमा प्रवासी नेपालीहरुको नेपाली संगीत प्रतिको लगावलाई जीवित राख्न बर्षेनी थुप्रै सांगीतिक कार्यक्रम आयोजना हुने गर्दछन् | पछिल्लो समय नेपालबाट कलाकार एबं संगीतकर्मीहरु आमन्त्रण गरि प्रबासमा बिभिन्न कार्यक्रम गरिने परम्परा नै बसिसकेको छ |

Comments