मेलबर्न । मेलबर्नमा जारी ११ औं न्याभ कप क्रिकेट टुर्नामेन्ट अन्तर्गत दोस्रो चरणका खेलहरु आइतवार सम्पन्न भएका छन् ।

टी डब्लू ब्लेक पार्कमा भएको दोस्रो हप्ताको खेलमा द हिमालय क्लब,ब्रुन्सवीक ब्लुज र इष्टर्न वारियर्स क्लब विजयी भएका छन् । द हिमालयन क्लबले सगरमाथा स्टार्सलाई दुई विकेटले पराजित गर्यो । उक्त प्रतियोगीताको म्यान अफ द म्याच द हिमालयनका सुनाम गौतम घोषित भए ।

यस्तै ब्रुन्वीक ब्लुज र सगरमाथा रेनेगेड्सबीचको दोस्रो खेल भने निकै रोमाञ्चक रह्यो । प्रतिस्पर्धात्मक खेलमा ब्रुन्सवीक ब्लुजसँग सगरमाथा रेनेगेड्सले अन्ततः मात्र ५ रनको झिनो अन्तरको हार आत्मसात गर्नुपर्यो । उक्त खेलमा ब्रेन्सवीक ब्लुजक मिलन गुरुङले म्यान अफ द म्याच उपाधि पाए ।

दोस्रो हप्ताको अन्तिम खेल इष्टर्न वारियर्स र नर्रे किङ्सबीच भएको थियो । जसमा इष्टर्नले ६ विकेटको शानदार जीत हासिल गरेको थियो । नर्रेले सबै विकेट खर्चेर मात्र ५८ रनमा समेटिएको थियो । जब कि इष्टर्नले ४ विकेटको क्षतिमा १९९ रन जोडेर २०० रनको चुनौति दिएको थियो । उक्त प्रतियोगीतामा इष्टर्नका सुनिल थापा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगीताको तेस्रो हप्ताका खेलहरु आगामी आइतवार हुनेछन् ।

Comments

comments