काठमाडौं । आइसीसी यु १९ विश्वकप क्रिकेटमा शानदार सुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार आयरल्याण्डको सामना गर्दैछ । नेपाली समयम अनुसार नेपाल र आयरल्याण्डको खेल शनिबार खाम साहेव ओस्मान अलि ओलिभ स्टेडियममा विहान पौने नौ बजे सुरु हुनेछ ।

नेपालले शनिबारको खेलमा जीत हात पारे अघिल्लो चरणमा पुग्ने लगभग पक्का हुनेछ । पहिलो खेलमा पाएको जितको खुसीमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । पहिलो खेलमा भारतसंग ७९ रनले पराजित भएको आयरल्याण्ड शुक्रबार पहिलो जितको खोजीमा हुनेछ । यस अघि नेपालले पहिलो खेलमा न्यूजिल्याण्डलाई ३२ रनले हराउदै आइसीसी यु १९ विश्वकप क्रिकेटमा शानदार सुरुवात गरिसकेको छ । बंगलादेशको खान साहेब ओस्मान अलि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन बनाएको थियो ।

नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान गरे भने आरिफ शेख र सन्दिप सुनारले ३९–३९ रन जोडे । कप्तान रिजाल खेलको मेन अफ द म्याच घोषित भए । नेपालले छोडेको २३९ रनको चुनौती पछ्याउने क्रममा न्यु्जिल्याण्ड २ सय ६ रनमा सीमित भएको थियो । नेपालले दिएको २३९ रनको चुनौती पछ्याईरहेको न्यूजिल्याण्डलाई नेपालले २०६ रनमै रोकेपछि नेपालले ३२ रनको जित हात पारेको हो ।

नेपालले मेलसियामा गत अक्टोबरमा भएको आइसीसी अन्डर १९ विश्वकप छनौट प्रतियोगिताको राउल्ड रोविन र फाईनल खेलमा आयरल्याण्डलाई पराजित गर्दै छनौट भएको थियो । नेपालले समूह चरणकोे अन्तिम खेल भारतसँग माघ १८ गते सोमवार खेल्नेछ ।

Please follow and like us:

Comments