prem

– प्रेम पौडेल

स्थान प्रकाशको कोठा
समय बेलुकीको ५ बजे तिर

========================
पात्रहरु

========================
अमृत– अन्दाजी १० बर्षिय वालक
प्रकाश– अन्दाजी ३० बर्षिय पसले
बिमला– प्रकाशकि आमा,अन्दाजी ३५ बर्षिय
बलराम– भु पु सैनिक,अन्दाजी ६०बर्षिय

========================

प्रकाशले आफ्नो पसलमा सामान मिलाइरहेको छ ।यत्तिकैमा अमृतले पसलमा प्रवेश गर्छ ।
अमृत– अंकल
प्रकाश– हजुर के होला ?
अमृत–चिनी छ?
प्रकाश– छ
अमृत–मलाइ १ के जी दिनोस् न ।
प्रकाश– ए ल हु्न्छ
(प्रकाशले चिनी जोख्न थाल्छ ।अमृतले आफ्नो अगाडी सोकेश मा राखेको चक्लेट सुटुक्क निकाल्छ र आफ्नो खल्तिमा हाल्छ ।)
प्रकाश– यि लौ भाइ चिनी
(उसले अमृतको खल्तिमा चक्लेट देख्छ, सोकेसमा हेर्छ ।चक्लेट हुँदैन)
ए भाइ यहाँको चक्लेट खोइ ,किन खल्तिमा हालेको यहाँ लेऊ
(आफैले खल्तिबाट चक्लेट थुतेर निकाल्छ ।)
(यत्तिकैमा बलराम आइपुग्छन्)
अनि सुन अब देखि यहाँ पसलको भित्र आउने होइन ,के सामान लिनुपर्ने हो बाहिर बाट नै माग्ने ।
(अमृतले निलो कालो अनुहार बनाउँदै टाउको हल्लाउँछ ।)
बलराम–के भयो पसले भाइ ?
प्रकाश– हेर्नोस्न कस्तो बदमास बच्चा ,यहाँ सोकेसमा राखेको चक्लेट चोरेर लान लागेको
बलराम–ए ल हेर अनुहार हेर्दा यस्तो मायाँ लाग्दो छ ,बानी भने यस्तो खराब पो रहेछ ,
ए बाबु ! घरमा ड्याडी हुनुहुन्छ ?
अमृत–अहँ
बलराम–अनी आमा?
अमृत–हुनुहुन्छ
बलराम–ल जाउ त,तिम्रो आमालाई बोलायर लिएर आउत छिटो ,गइहाल
(जान्छ¬)
ए बाबु ,छिटो लिएर आउ है नत्र म फेरी तिम्रै घरमा आउँछुनी ।
प्रकाश– हत्तेरीका बलराम बा तपाई पनि, किन बोलाउन पठाउनु भा भन्या ?यसकि आमा आइ भने चाहिने नचाहिने किचकिच गर्छे ।
बलराम–होइन, यस्तो कुरालाई लुकायर राख्दिन त भएन नी ,बच्चाको भबिश्यको लागि पनि भन्दिनु पर्छ,।आज देखिनै यस्तो नराम्रो बानी बस्यो भने भोलि बच्चाको भबिश्य बिग्रन सक्छ । भन्छन्नी आज सियो चोर्नेले भोलि दरबार फोर्छ ,सजग त गराइदिनु पर्यो नि ,बच्चाको गल्ति देखेपछि बाउआमालाइ भन्दिनु त हाम्रो कर्तब्य हो ,अब बुझ्ने नबुझ्ने उनिहरुको कुरा
प्रकाश– त्यो त हो तर यसकि आमालार्इृ कुरा बुझाउन गाह्रो छ ।
(अमृत र बिमलाको प्रबेश¬)
बिमला–के हो भाइ,मेरो छोरालाई सोझो देखेर जे मन लाग्यो त्यही भन्ने,अहिले सम्म मसँग तेरो छोराले यसो ग¥यो भनेर कसैले भन्न सकेको छैन,उल्टो अझ मलाई बोलाउन पठाएर मेरो बेइज्जत गर्न खोजेको ?
बलराम–यसरी आवेगमा नआउ बैनी,खासमा भाइले भन्दा पनि मैले बोलाउन पठायको तिम्लाई ,यस्ता साना बच्चालाई साना भन्दैमा कसले जवरजस्ति आरोप लगाउन सक्छ र ?बिचरा यि साना केटाकेटीलाई के थाहा छ र ?हाम्ले जस्तो सिकायो त्यस्तै सिक्ने त हुन्
बिमला–तपाइ पनि कस्तो कुरा गर्नुहुन्छ मलाई मेरो छोराको पुर्ण विस्वास छ, यसले त्यस्तो गरेकै छैन ।
बलराम–हेर बैनी बच्चाबच्चिले गरेको गल्तिलाई यसरी ढाकछोप गर्दिनु यकदमै नराम्रो हो यसबाट त उनीहरु झन् प्रोत्साहित हुन्छन् र त्यस्ता गल्ति हरु दोहो¥याइरहन्छन् ।उहिले एउटा घरमा फुपू र भतिजो बस्थे अरे ,एकदिन भतिजोले एउटा खुर्सानी चोरेर ल्याएछ रे, त्यो फुपूले त्यहि खुर्सानी तरकारीमा हालीछ र आज भतिजोले ल्याएको खुर्सानी हालेर तरकारी एकदमै मिठो हुने भो भनेर भनिछ रे,त्यसपछि त्यो भतिजोले झन् धेरै सामान चोर्दै ल्याउँदै फुपुलाई दिदै गर्न थालेछ रे,फुपू पनि भतिजोले जति धेरै सामान ल्याउँछ, त्यतिनै खुसि हुन थालिछ रे,
प्रकाश– ह्या,छाड्दिनोस् के बलराम काका, यस्तालाई सम्झायर केही हुँदैन ,मुख मात्रै किन दुखाउनु हुन्छ ?
बलराम–एकछिन पखन भाइ, पहिले मलाइ भन्न त देउ
त्यसपछि त्यो केटा एकदिन राजाको दरबार फोर्न भनेर गयछ र सिपाइहरुले उसलाई समातेछन रे ।अनी राजाले उसलाई मृत्यू दण्ड दिने घोषणा गरेछन् रे ।
अनी त्यो भतिजोले मर्ने बेलामा एक पटक फुपूलाई भेट्ने इच्छ्या छ भनेर फुपूलाई बोलाएछ र रुदै भनेछ,हेर फुपू आज तिमीले गर्दा मलाई मारिदैछ ,मैले शुरुमा खुर्सानी चोरेर ल्याउँदानै किन चोरेर ल्याइस् भनेर गालि गरिदियको भए,चोर्नुहुन्न भनेर सिकाइदिएको भए म गलत बाटोमा लाग्ने थिइन र आज म यसरी मर्नुपर्ने थिएन ।
हो त्यही भएर बच्चाबच्चिले गल््ित गर्न सक्छन् तर आमाबाबुले ढाकछोप गर्दिनु त एकदमै नराम्रो हो नानी
ल बाबु नढाटीकन भन त तिमीले पसलबाट चक्लेट चोरेर लैजान लाग्या हो की होइन ?
अमृत–हो बलराम बाजे,अस्ति पनि साबुन किन्न आउँदा एउटा चोरेको थिएँ, साउजी अंकलले थाहा नै पाउनुभएन ।चक्लेट पनि कस्तो मिठो थियो त्यही भएर आज पनि……………..
बिमला–रिसाउँदै तँलाई गधा,तँलाई मैले के पु¥याइदिएकी थिइन,जे भन्यो त्यही,जे भन्यो त्यही,हुँदा हुँदा आज जाबो एउटा चक्लेट चोरेर मेरो शुद्ध बेइज्जत गराइस् हैन ।तँ चक्लेट चोर आज घरमा त आइजन, तँलाई के गनुृ पर्छ ,मैले जानेकि छु ।(जान्छिन्)
अमृत–(बिस्तारै) पसले अंकल त्यो अस्ति मैले चोरेको चक्लेटको कति रुपैया हो भन्नोस्न अब त ड्याडी पनि आउनुभयो होला,म ड्याडीसँग पैसा मागेर ल्याइदिन्छु नि
प्रकाश– हैन हैन पर्दैन ,भइहाल्यो जाऊ
अमृत–हैन अंकल म जसरी पनि ल्याइदिन्छु ,आज बलराम बाजेले भनेर मलाई धेरै कुरा थाहा भयो ।अरुको सामान चोर्यो भने यति ठूलो सजाय भोग्नुपर्छ भन्ने कुरा त मलाई थाहै थिएन ।अब देखि त म कहिल्यै यस्तो काम गर्दिन । (उ दगुर्दै आफ्नो घरतिर जान्छ ,पसले र बलरामले एकटकले उ गएतिर हेरिरहन्छन् ।)

 

Comments

comments