काठमाडौं । मुलुकको अस्थिर राजनीति र सुुशासनको अभावमा नेपालमा भ्रष्टाचार वढदै गएको जानकारहरुले वताएका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले गरेको एक सर्वेक्षणमा १६८ देशहरुमा नेपाल भ्रष्ट्राचार हुने १३० औ स्थानमा रहेको छ ।

राजधानीमा आयोजित अन्तक्रियामा ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष भरतबहादुर थापाले राज्यका प्रमुख पदहरुमा रहेका व्यक्तिहरुले गर्ने पदको दुरुपयोगले भ्रष्ट्राचार मापनमा निकै नै महत्व राख्ने वताउँनुभयो । अध्यक्ष थापाले उच्च प्रेस स्वतन्त्रता,पारदर्शी वजेट प्रणाली, स्वतन्त्र न्यायपालिका, सदाचारी राजनीतिक नेतृत्व हुने देशहरुमा भ्रष्ट्राचार कम हुने गरेको पाइएको जानकारी गराउँनुभयो ।

नेपाल वार एशोसियशनका उपाध्यक्ष टिकाराम भट्राईले सरकार, न्यायालय, व्यवस्थापिका संसद सवै निकाय कमजोर भएकाले भ्रष्ट्राचार नियन्त्रण हुन नसकेको टिप्पणी गर्नुभयो । न्यायालयमा भ्रष्टाचार कायमै रहेको दोहो¥याउँदै उपाध्यक्ष भट्राईले कारवाही गर्ने हो भने वार एशोसिएसन प्रमाण दिन तयार रहेको वताउनुभयो ।

त्यस्तै अर्थविद विश्वम्वर प्याकुुरेलले राम्रो शासन भएको मुलुकमा कम भ्रष्ट्राचार र शासन व्यवस्था अस्थिर रहेको मुलुकमा बढि भ्रष्ट्राचार हुने गरेकोले असल शासनले नै भ्रष्ट्राचार नियन्त्रणमा सहयोग पु¥याउने वताउनुभयो ।

त्यस्तै पूर्व अर्थसचिव रामेश्वर खनालले भ्रष्ट्राचारीलाई कारवाही गर्दा राजनीतिक प्रतिशोध राख्ने प्रवृतीले भ्रष्ट्राचार मौलाउदै गएको दावी गर्नुभयो । .

ट्रान्सपरेन्सी इन्टरनेशनलले गरेको सर्वेक्षणमा नेपालले कुल १०० अंकमा २७ अंक मात्रै प्राप्त गरेको छ । सामान्यतया ५० अंकभन्दा कम अंक ल्याउने देशहरुलाई भ्रष्टाचारग्रस्त मानिन्छ । सन् २००४ देखि सर्वेक्षणमा समावेश हुँदै आएको नेपालले १२ औ सर्वेक्षणसम्म पग्दा पनि ५० अंक ल्याउन सकेको छैन ।

Comments

comments