काठमाडौं । आइसीसी यु १९ विश्वकप क्रिकेटमा नेपालले शानदार सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले न्यूजिल्याण्ड जस्तो सशक्त प्रतिद्धन्द्धीलाई ३२ रनले हराउदै समूहका अन्य टिमहरुमाथि दबाब सिर्जना गर्न सफल भएको छ ।

नेपालले छोडेको २३९ रनको चुनौती पछ्याउने क्रममा न्यु्जिल्याण्ड २ सय ६ रनमा सीमित भएको थियो । यस अघि बंगलादेशको खान साहेब ओस्मान अलि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन बनाएको हो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान गरे भने आरिफ शेख र सन्दिप सुनारले ३९्–३९ रन जोडे । कप्तान रिजाल खेलको मेन अफ द म्याच घोषित भए । राजविर सिंहले २४, सुनिल धमालाले १५, दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए भने यज्ञराज सिहं कार्की ६ रनमै आउट भए । अविजित रहेका कुशल भुर्तेलले ३५ र प्रेम तामाङले ४ रन बनाए । ४८ ओभरमा नेपालले न्युजिल्याण्ड विरुद्ध ७ विकेट गुमाएको थियो ।

त्यस्तै, छैटौं विकेटको रुपमा राजविर सिहंलाई गुमाएको थियो । नेपालका लागि प्रदिपसिंह ऐरीले ३, प्रेम तमाङले २ विकेट लिएका थिए । कप्तान राजु रिजालले न्यूजिल्याण्डविरूद्ध अर्धसतक प्रहार गर्न भने चुकेका थिए । यसअघि, न्यूजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको थियो ।

नेपालले दिएको २३९ रनको चुनौती पछ्याईरहेको न्यूजिल्याण्डलाई नेपालले २०६ रनमै रोकेपछि नेपालले ३२ रनको जित हात पारेको हो । न्यूजिल्याण्ड ४७ ओभर १ बलमा अल आउट हुँदै जम्मा २०६ रन मात्रै वनाउन सकेको थियो । न्यूजिल्याण्डका लागि जिडी फिलिप्सले ५२, डि.एन. फिलिप्सले ४१, जिएन फन्नेले ३७ रन वनाए पनि टिमलाई जिताउन सकेनन् । समूह डीमा रहेको नेपालले समूह चरणको पहिलो खेल जितेर राम्रो सुरुवात गरेसँगै समूहमा रहेका भारत र आयरल्याण्डलाई दवाव सिर्जना गर्न सफल भएको छ । नेपालले अव समूह चरणकोे अर्को खेल शनिवार आयरल्याण्ड र अन्तिम खेल भारतसँग माग १८ गते सोमवार खेल्नेछ ।

यसैबीच, बंगलादेशमा भइरहेको यु १९ विश्वकपमा नेपालले न्यूजील्याण्ड विरुद्ध बनाएको रन विश्वकप अन्तर्गत भएका खेलको एकै इनिङमा बनाएको सर्वाधिक रन हो । यसअघि सन् २००६ मा आयरल्याण्ड विरुद्धको २३४ रन नै नेपालको सर्वाधिक रन थियो । यु १९ विश्वकपमा नेपालले २०० रन कटाएको पनि यो सातौं पटक हो ।

Comments

comments