काठमाडौँ । कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको छ ।

बिराटनगरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर कोइरालाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

कसैको दबाव र लहडमा लागेर उम्मेदवारी घोषणा नगरेको भन्दै उहाँले आफू कुनै हालतमा पछि नहट्ने बताउनुभयो । सुजाताले पार्टीलाई नयाँ सोच र विचारबाट अघि बढाउन युवा नेतृत्व आउनुपर्ने पनि बताउनुभयो ।

Comments

comments