मेलबर्न । निखिल उप्रेती निर्देशित तथा अभिनित नेपाली फिल्म भैरव अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ ।

भूकम्पपीडित परिवारलाई न्यानो कपडा र राहत सामाग्री सहयोग गर्न न्यानो संसार नामक गैर सरकारी संस्थाले फिल्म ‘भैरव’को अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन गर्न लागेको हो ।

सिड्नीको उत्साहजनक प्रदर्शन पश्चात फिल्मलाई अष्ट्रेलियाका विभिन्न सहरहरुमा प्रदर्शन गर्न लागिएको कार्यक्रम आयोजक विज्ञान कँडेलले बताए । नेपालबाट यसको व्यवस्थापन निर्देशक जनकदीप पराजुलीले गरेका छन् ।

निखिल उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा निखिलसहित अनु शाह, मुरलीधरलगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मले तराईको विषयबस्तुलाई उठान गरेको छ ।

Comments

comments