हुम्ला । साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन्। हुम्लाको लिमी गाविसको यथार्थ हो यो।

हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीनवटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ। जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाई हुन्छ, न अनुगमन नै। अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन्। विद्यालय खुलेको ३६ पवर्ष पुगिसकेको छ।

गाउँका पाँच कक्षा उत्तीर्ण गरेका कोही नभएको गाविसका पूर्वअध्यक्ष छेवाङदोर्जे लामाले बताए।

लिमीमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन्। ती बस्तीका लागि आर्थिक वर्ष ०३५÷३६ मा तीनवटा प्राथमिक विद्यालय स्थापना भएका थिए।

Comments

comments