काठमाडौं । उन्नाइस वर्षमुनिको आइसीसी विश्व कप क्रिकेट अन्तरगत नेपालले बिहीबार न्युजिल्याण्डसंग आफनो पहिलो खेल खेल्नेछ ।

बंगलादेशमा सुरु प्रतियोगितमा नेपालसहित १६ देश सहभागी छन् । प्रतियोगितमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह डीमा भारत, आयरल्याण्ड र न्युजिल्याण्ड छन् । नेपालले आफनो दोस्रो खेलमा शनिबार आयरल्याण्ड तथा तेस्रो खेलमा १८ गते भारतसँग खेल्ने छ । प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणमा प्रवेश गर्ने छन् । नेपालले राजु रिजालको कप्तानीमा बिहीबशार ढाका स्थित खाम साहेव अलि स्टेडियम क्रिकेट मैदानमा खेल्नेछ ।

नेपाली टोलीको उपकप्तानमा आरिफ शेख छन । अरु खेलाडीमा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ, सुशिल कँडेल र दिपेश श्रेष्ठ, राजवीर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमांशु दत्त, शंकर राना र ईशान पाण्डे छन् । कुशल भुर्तेल, ईर्साद अहमद, ललितनारायण राजवंशी र नन्दन यादव भने वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

बुधबादेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र इङल्याण्डले जित हात पार्दै प्रतियोगितामा सुखत सुरुवात गरेको छ ।

Comments

comments