नेपालको इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिशेस्वर प्रसाद कोइरालाले  भौतिक रुपमा यस धर्तीबाट बिदा लिएको दिन बिपी स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरि मनाइदैछ  |विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली कांग्रेसले आज साउन ६ गते स्मृति दिवसदेखि उनको  (जन्म दिवस) भदौ २४ गतेसम्म विपी कोइराला जन्मशताब्दी कार्यक्रमलाई बिशेष अभियानका रुपमा देशभरि विविध कार्यक्रमसहित मनाउने तयारी गरेको छ ।

नेपाल भित्र र बाहिर रहेका  नेपाली कांग्रेस र भातृसंगठनहरुले विश्वेश्वर प्रसाद कोइरालालाई स्मरण गर्दै छन् | जहानियाँ राणा शासनविरुद्धको विक्रम संवत २००७ को क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका वीपी २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका थिए | यद्यपी उनलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेर पञ्चायती व्यवस्था कायम गरेका थिए |

भारतको लामो निर्वासनपछि बिपीले राष्ट्रियता र प्रजातन्त्रबारे स्वतन्त्र चिन्तन र विचार राख्नथाले  र स्वदेश फर्कंदा मेलमिलापको निति, निकासको अवधारणा र प्रजातन्त्रको संस्थागत विकास, विचार र राजनीति लिएर फर्किए  । बिपीको स्वदेश आगमनले नेपाली राजनीतिमा ठूलो हलचल ल्यायो, जसले ०३६ को जनआन्दोलन र जनमतसंग्रह राजाबाट स्वीकार्य भएन । परन्तु  बिपीको जीवनपर्यन्त ०४६ को जनआन्दोलनको पृष्ठभूमि र ०४७ को राजतन्त्रात्मक संसदीय संविधानमा संसद्वादी दलहरूले चित्त बुझाएका मात्र होइनन् त्यसलाई निर्विकल्प व्यवस्थाका रूपमा व्याख्यासमेत गर्न भ्याए ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रवर्तक वीपीले जनतालाई सार्वभौमसत्तासम्पन्न बनाउन जीवनभर राजनीतिक संघर्ष गरेका थिए |विक्रम संवत २०३९ साल साउन ६ गते वीपी कोइरालाको क्यान्सर रोगबाट ६८ वर्षको उमेरमा निधन भएको थियो |

Comments

comments