काठमाडौँ । ‘एकातिर मधेसमा सिके राउतको फौजी गतिविधि बढ्नु अर्कातिर सनराइज बैंकमा यस्तै गतिविधिका निम्ति करोडौं रकमको ओइरो लाग्नु । मामला रहस्यमय छ । कहाँबाट, कुन उद्देश्यले यस्तो रकम आउँदै छ त्यो बुझ्नुपर्छ ।’ सेनाको जासुसी निकाय डिएमआई प्रमुख समशेर ठकुराठीले मन्त्री र सचिवको ब्रिफिङ तथा पृतनापति सम्मेलनमा यस्तो जानकारी दिन थालेका छन् ।

उता, केन्द्रीय सुरक्षा समिति बैठकले पनि सिकेको गतिविधिमाथि सूक्ष्म निगरानी बढाउँदै सशक्त कारबाहीको तहसम्म पुग्नुपर्ने निर्णय गरेको छ । बाबुरामको बौद्धिक छवि र दूरदृष्टिका कारण उनको समूह २÷३ वर्षभित्र गन्नलायक राजनीतिक शक्तिका रूपमा स्थापित हुने अनुमान गर्न थालिएको छ । जंगी अड्डाद्वारा दक्षिणी छिमेकी, असन्तुष्ट युवा र प्रतिष्ठित बौद्धिक तप्काको बाबुरामलाई साथ रहने आँकलनसमेत गरिएको छ । कम्युनिस्ट पृष्ठभूमिका कारण सबैले सहजै पत्याउन नसके पनि बाबुराम देशका निम्ति घातक नरहेको समेत सेनाको ठम्याइ छ ।

विप्लवको शक्ति ०५२ सालको जस्तो नभएको, पूर्वलडाकुलगायत थुप्रै असन्तुष्ट माओवादीको उनलाई साथ रहेको सेनाले मूल्यांकन गरेको छ । यसबीच, विप्लव समूहले २÷४ वर्षलाई पार्टी चलाउने रकम जम्मा गरिसकेको सूचना डिएमआईलाई प्राप्त भएको छ ।

आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई मोसो दल्ने र जुत्ताको माला लगाउने भन्दै तर्साएर २ लाख असुलिएको समेत गुप्तचर स्रोतको दाबी छ ।

Comments

comments