ढाका । अन्डर १९ वल्र्ड कप क्रिकेट प्रतियोगिता बंगलादेशमा सुरु भएको छ।

बुधवारबाट बंगलादेशस्थित चितागङ्गमा सुरु भएको अन्डर १९ वल्र्ड कप क्रिकेटको उद्घाटन खेलमा आयोजक राष्ट्र बंगलादेशले दक्षिण अफ्रिकाको सामना गरिरहेको छ।

यस्तै अर्को खेलमा फिजी र इङ्ल्याण्डपनि खेलिरहेका छन्।

समूह डीमा रहेको नेपालले भने आफ्नो पहिलो खेलमा बिहीवार न्यूजिल्याण्डसँग खलेर प्रतियोगिताको सुरुवात गर्दैछ। समूह डीमा नेपालसँगै न्युजिल्याण्ड, भारत र आयरल्याण्ड छन्। समूह डीमै रहेको बलियो टोली अष्ट्रेलियाले प्रतियोगिताबाट नखेल्ने निर्णय लिएपछि आयरल्याण्डलाई समुहमा समावेश गरिएको छ।

न्यूजिल्याण्डसँग खेलेर प्रतियोगिताको सुरुवात गर्ने नेपालले दोस्रो खेलमा शनिबार आयरल्याण्डसँग खेल्नेछ। यस्तै नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आफ्नो समूहको अन्तिम खेलमा सोमवार खेल्नेछ।

Comments

comments