काठमाडौँ । सरकारले गौतम बुद्धको जन्मस्थलका बारेमा विभिन्न देशमा भ्रम देखिएको भन्दै त्यसलाई चिर्न कुटनीतिक पहल सुरु गरेको छ।

नेपालले ती देशका पाठ्यपुस्तक, अन्तर्राष्ट्रिय गोष्ठी, औपचारिक र अनौपचारिक छलफलमा भ्रम देखिएको भन्दै त्यसलाई निवारण गर्न कुटनीतिक पहल थालेको हो।

संस्केति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत अमेरिका, जापान, चीन, थाइल्याण्ड, नेदरल्याण्ड, श्रीलंका र भारतलाई पत्राचार गरी पहिलो पटक त्यसवारे औपचारिक जानकारी गराउन लागेको हो।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले बुद्धका बारेमा विश्व परिवेशमा देखिएका भ्रम र अनर्गल प्रचार चिर्न कुटनीतिक पहल सुरु गर्रिको जानकारी दिए।

Comments